खैरो हिरोईनसहित दुई जना पक्राउ

जेष्ठ २, २०८२ |बालकृष्ण अधिकारी
खैरो हिरोईनसहित दुई जना पक्राउ

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले १८ ग्राम २५० मिलीग्राम अबैध लागुऔषध खैरो हिरोईनसहित दुई जनालाई पक्राउ गरेको छ।

प्रहरी चौकी रातोमाटे मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका १५ रातोमाटे चेक प्वाईन्ट स्थित पुर्वपश्चिम सडकखण्डमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा बिरगंज महानगरपालिका ५ बस्ने २० वर्षीय करण राय र सोही ठेगानामा बस्ने २९ वर्षका उपेन्द्र रायभरलाई प्रहरीले पक्राउ गरेको हो ।

बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको म १ प २१८ नम्बरको बसमा सबार भई आएका करण रायले बोकेको झोलाभित्र मोबाइल चार्जरको भित्री भागमा लुकाई छिपाई ल्याउॅंदै गरेको खैरो हिरोईन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक विश्वराज खड्काले बताउनुभयो । 

पक्राउ परेको दुबै युवालाई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


Image

बालकृष्ण अधिकारी

अधिकारी कान्तिपुर टेलिभिजनका मकवानपुर संवाददाता हुन् ।