मध्यपुर थिमि भक्तपुर जिल्लाको सबैभन्दा कम बेरूजु हुने पालिका

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
मध्यपुर थिमि भक्तपुर जिल्लाको सबैभन्दा कम बेरूजु हुने पालिका

भक्तपुर । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदनअनुसार भक्तपुर जिल्लाको सबैभन्दा कम बेरूजु हुने पालिकामा मध्यपुर थिमि नगरपालिका रहेको छ । ६२औं वार्षिक प्रतिवेदनअनुसार मध्यपुर थिमि नगरपालिका जिल्लाको सबैभन्दा कम बेरूजु हुने पालिका बनेको हो ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औं वार्षिक प्रतिवेदन अनुसार जिल्लाका चार वटा पालिका मध्ये मध्यपुर थिमि सबै भन्दा कम बेरूजु भएको पालिका बनेको हो ।

प्रतिवेदनमा मध्यपुर थिमि नगरपालिकाको बेरूजु ३ करोड ८० लाख १८ हजार रूपैयाँ रहेको उल्लेख रहेको छ । जुन भक्तपुरका अन्य पालिकाको तुलनामा सबैभन्दा कम हो ।

प्रतिवेदनअनुसार जिल्लामा सबैभन्दा धेरै बेरूजु चाँगुनारायण नगरपालिकाको रहेको छ । चाँगुनारायणको बेरूजु ५ करोड २१ लाख ९७ हजार रहेको महालेखाले जनाएको छ ।

यसैगरी भक्तपुर नगरपालिकाको ४ करोड ४३ लाख ५६ हजार रूपैयाँ र सूर्यविनायक नगरपालिकाको ५ करोड ३ लाख ७८ हजार रूपैयाँ बेरूजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.