राष्ट्रिय लिग : फ्रेन्डस र जावलाखेल युथ क्लबबीचकाे खेले बराबरीमा

चैत्र ४, २०८२ |खेल ब्युरो
राष्ट्रिय लिग : फ्रेन्डस र जावलाखेल युथ क्लबबीचकाे खेले बराबरीमा
Photo Source : ANFA

काठमाडौं । फ्रेन्डस र जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा १-१ गोलको बराबरी खेलेका छन् ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार भएको खेलको पहिलो हाफमा गोल हुन सकेन् । ४७औं मिनेटमा जावलाखेलले डेडलक तोड्यो । उसका लागि विकास दर्लामी मगरले गोल गरेका हुन् । तर, जावलाखेलको अग्रता लामो समय टिकेन् । 

५२औं मिनेटमा फ्रेन्डसका प्रशान्त लक्समले बराबरी गोल फर्काए । बाँकी समयमा दुवै टिमले गोल गर्न सकेनन र अंक बाडे । फ्रेन्डसको जारी लिगमा यो चौथो बराबरी हो । तालिकाको एघारौं स्थानमा रहेको उसको ११ खेलबाट १३ अंक छ । १४ अंकका साथ जावलाखेल आठौं स्थानमा छ ।