
काठमाडौं । एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबले झापा एफसीमाथि ५-० गोलको प्रभावशाली जित हात पारेको छ ।
च्यासलमै भएको खेलमा सबै गोल आर्मीले दोस्रो हाफमा गरेको हो । ५७औं मिनेटमा दिपा शाहीले गोलको खाता खोलिन् । त्यसपछि भने झापाले आर्मीलाई रोक्न सकेन् । ६८औं मिनेटमा हिमा चौधरीले अग्रता दोब्बर बनाइन् ।
८६औं मिनेटमा अन्जना थुलुङ राइले गोल गर्दै झापाविरूद्ध ३-०को दुरी बनाइन् । ९०औं मिनेटमा उनैले पुन गोल गरेपछि आर्मीले सहज जित निकालेको हो । इन्जुरी समयमा तुलसा बोहराको गोलसँगै आर्मीले ५-०को फराकिलो जितका साथ लिगमा उत्कृष्ट सुरूवात गरेको छ ।
लिगमा भोली पहिलो खेल बागमती युथ क्लब र आर एस पोखरा तथा दोस्रो खेलमा नेपाल पुलिस क्लब र चर्च ब्वाईज युनाइटेडबीच प्रतिस्पर्धा हुनेछ ।