ट्रक पल्टिँदा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरूद्ध

वैशाख २८, २०८२ |राजु चौधरी
ट्रक पल्टिँदा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरूद्ध

चितवन । कोइला लोड गरेको ट्रक पल्टिँदा नारायणगढ-मुग्लिङ सडकखण्ड अवरूद्ध भएकाे छ । 

आज विहान ७ बजे ईच्छाकामना गाउँपालिका-५ मुग्लिङस्थित तुईनखोला भन्ने स्थानमा बिरगन्जबाट काठमाडौं तर्फ गइरहेको मधेश प्रदेश ०३-००१ख ९८१७ नम्बरको ट्रक आफै अनियन्त्रित भएर सडकमा पल्टिँदा दुबैतर्फ बाटो अवरूद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । 

अहिले जेसीबीमार्फत् ट्रक हटाउने काम भइरहेको छ । ट्रक पल्टिँदा मानवीय क्षती नभएको प्रहरीले जनाएको छ ।

-फाइल तस्बिर


Image

राजु चौधरी

चौधरी कान्तिपुर टेलिभिजनका चितवन संवाददाता हुन् ।