रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै

जेष्ठ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदै

काठमाडौं । रातो मच्छिन्द्रनाथको भोटो आज देखाइँदैछ । वर्षा र सहकालाका देवता मच्छिन्द्रनाथको भोटो आज राष्ट्रपति रामचन्द्र पौडेलेको उपस्थितिमा जावलाखेलमा देखाइने भएकाे हो । 

मच्छिन्द्रनाथको यात्रा भने करिब एक हजार ३०० वर्ष अघि नै सुरू भएको हो । किंवदन्तीअनुसार यो यात्रा सुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटक वैद्यको खोजीमा लागे । खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे । डराएका किसानले मच्छिन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए । 

औषधिले रानीको आँखा दुख्ने रोग निको भयो । पुरस्कारस्वरूप मणि माणिक्यले उक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो । किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले । 

मनुष्यरूपी भुत आएर भोटो लग्यो । किसानले खोजे, तर पाएनन् । मच्छिन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे । भुतले दिन नमानेपछि विवाद भयो । कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो । अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मच्छिन्द्रनाथको जिम्मा लगाइयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.