गायक तथा संगीतकार रसिकको निधन

जेष्ठ १८, २०८२ |कान्तिपुर टीभी संवाददाता
गायक तथा संगीतकार रसिकको निधन

काठमाडौं । साहित्यकार, गायक एवं संगीतकार गणेश रसिकको निधन भएको छ । ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा आज बिहान ११ बजे उहाँको निधन भएको हो ।

रसिकको शव आज त्रिवि शिक्षण अस्पतालमा राखिनेछ । लन्डनमा रहेकी रसिककी छोरी भोलि मात्र नेपाल आइपुग्ने भएकाले शव शिक्षण अस्पतालमा राखिने भएको संगीतकार बुलु मुकारुङले बताउनुभयो ।

भोजपुर, छिनामखुमा २००४ सालमा जन्मेका रसिक लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

रसिकका ‘ओ याङ्जी नाना,’ ‘नुनजस्तो बिल्ने जिन्दगीलाई ढाकरमा बोकेर’, ‘धेरै सम्झे धेरै हुन्छ’, ‘हाम्रो घरबाट ट्याम्के डाँडा’, ‘ओ शून्यता’, ‘घरबेटी नानी आँगनीमा देऊ न मलाई बास’, ‘नखेल्नु जुवा र तास’, ‘रातो भाले क्वाँया क्वाँया’ कालजयी गीत हुन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.