काठमाडौं । राजावादीहरूको प्रदर्शनका क्रममा पक्राउ परेका परेका राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दीपक सिंह र राप्रपा नेपालका अध्यक्ष कमल थापासहित ७ जनालाई प्रहरीले रिहा गरेको छ ।
आन्दोलनका क्रममा निषेधित क्षेत्र तोड्न खोजेको भन्दै प्रहरीले थापालाई दिउँसो पक्राउ गरेको थियो । नारायणचौरबाट प्रदर्शन सुरु गरेको राजावादीहरूको समूह बालुवाटारमा प्रहरीको निषेधित क्षेत्र तोडेर अघि बढ्न खोजेपछि पक्राउ परेका थापालाई प्रहरी परिसर पुर्याइएको थियो ।
थापालाई भेट्न पुगेका राप्रपाका सांसद सिंहलाई पनि प्रहरीले प्रहरी परिसरबाटै पक्राउ गरेको हो । अन्य ५ जनालाई पनि प्रदर्शनकै क्रममा पक्राउ गरेको थियो ।
राजतन्त्र पक्षधरहरू संवैधानिक राजसंस्था र सनातन हिन्दू अधिराज्य पुनःस्थापना, संघीयता खारेजी लगायतका माग राख्दै जेठ १५ देखि आन्दोलनमा उत्रिएका छन् ।