
भक्तपुर । ट्राफिक प्रहरी परिसर भक्तपुरले प्रेसर हर्न बजाउने सवारी धनीहरूलाई कारबाही गर्न थालेको छ।
विशेष अभियानअन्तर्गत ट्राफिक प्रहरी परिसर भक्तपुरले चार दिनमा १ सय १६ वटा सवारी साधनका चालकलाई कारवाही गरी जरिवाना गराएको भक्तपुर ट्राफिक प्रहरी प्रमुख प्रदिप खत्रीले वताउनुभयो ।
आज पनि अरनिको राजमार्गअन्तर्गत भकतपुरको नलिन्चोकमा प्रेसर हर्न बजाउने सवारीसाधन कारवाही गरी उक्त सवारी साधनमा रहेका प्रेसर हर्न निकालेर प्रहरीले जफत गरेको थियो । उपत्यका ट्राफिक कार्यलयले उपत्यका भित्र २०७४ वैशाख १ गतेबाट हर्न निषेधित क्षेत्र घोषणा गरेको थियो ।