पूर्वका पहाडी जिल्लामा सुरू भयाे उभौली पर्वको रमझम

वैशाख २५, २०८२ |लक्ष्मी गौतम
पूर्वका पहाडी जिल्लामा सुरू भयाे उभौली पर्वको रमझम

काठमाडौं । पूर्वका पहाडी जिल्लामा उभौली पर्वको रमझम सुरू भएको छ । विशेषतः किराँत-राईहरूको बाहुल्यता रहेका जिल्लामा यो पर्वको उल्लास सुरू भएको हो ।

प्रत्येक वर्षको वैशाख पुर्णिमको छेकदेखि उभौली पर्व सुरू हुने विश्वाससहित किराँत-राई समुदायले ढोल र झ्याम्टा बजाउँदै स्याउली बोकेर मौलिक पहिरनमा साकेला नाच्ने गर्छन ।

यो क्रम वैशाख पुर्णिमा एकसाता अघि सुरू भएर एक साता पछि सम्म रहन्छ । कोशी प्रदेशका पाँचथरसहित खोटाङ, भोजपुर र उदयपुरसहित किराँत-राईहरूको बाहुल्यता रहेका स्थानमा यतिखेर उभौली पर्वको स्वागत र उधौली पर्वको विदाइका लागि साकेला नाचेर पर्व मनाउने क्रम सुरू भएको हो ।

यो पर्वका अवसरमा विशेषतः किराँत-राई यायोक्खाले विधि कार्यक्रम आयोजना गर्दै आएको छ । 


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।