धनकुटाको चौविसे गाउँपालिकाद्वारा गुलाफ खेती अभियान सुरू

वैशाख २५, २०८२ |विनोद घिमिरे
धनकुटाको चौविसे गाउँपालिकाद्वारा गुलाफ खेती अभियान सुरू

धनकुटा । धनकुटाको चौविसे गाउँपालिकाले गुलाफ पार्क कार्यक्रम सुरू गरेको छ । घरेलु सजावट र व्यवसायीक विस्तारका लागि गाउँपालिकामा गुलाफ फूलको खेतीलाई अभियानकै रूपमा अघि बढाइएको हो । 

गुलाफ पार्क अभियानका लागि गाउँपालिकाले एक रोपनी जग्गामा मौसमअनुसार फूल्ने विभिन्न १८ प्रजातीका गुलाफ फूल संकलन गरी नर्सरी सञ्चालन गरेको छ । गाउँपालिकाको नर्सरीमा अहिले रंगीचंगी गुलाफ हुर्किइरहेका छन । 

गुलाफ पार्क अभियानका लागि कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षमा गाउँपालिकालाई ७ लाख रुपैयाँ उपलब्ध गराएको छ । धनकुटा चौविसे गाउँपालिकाको राजारानी, मुढेबास, सौरे र छनम्बर बुधबारे सीमसार र पर्यापर्यटनका लागि प्रसिद्ध छन । 

आगन्तुक पाहुनाहरूको स्वागत र घरेलु सौन्दर्यका लागि हरेक घरमा गुलाफ बगौचा अनिवार्य गरिने गाउँपालिकाको योजना छ । यस्तै धरान र बिराटनगर जस्ता ठूलो जनसंख्या भएका सहरमा व्यवसायीक रूपमा बिक्रिका लागि नर्सरी र खेती विस्तार गर्दे जाने चौविसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङको भनाई छ ।

गाउँपालिकामा गुलाफ फूलको व्यवसायीक उत्पादन बढाएर सजावट र उपहारका लागि प्रयोग हुने पुष्पगुच्छा आयात प्रतिष्थापन लक्ष्य रहेको चेम्जोङले बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।