बाँकेस्थित महेन्द्र रागमार्गमा दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

वैशाख २४, २०८२ |जे पाण्डे
बाँकेस्थित महेन्द्र रागमार्गमा दुर्घटना : एक जनाको मृत्यु, एक जना गम्भीर घाइते

बाँके । राप्तीसोनारी-१ मा पर्ने सौरीस्थित महेन्द्रराजमार्गमा भएको सवारी दुर्घटनामा एक जनाको घटना स्थलमै मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता दीपक पातलीका अनुसार धनगढीबाट काठमाडौं जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिँदा बाँके ढकेरीका सुदीप सुवेदीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका हिरासिंह वलीको कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ । 

प्रहरीले वा १-०६ख ३५९३ नम्बरको बस र चालक शिव परियारलाई नियन्त्रणमा लिएको छ । 


Image

जे पाण्डे

पाण्डे कान्तिपुर टेलिभिजनका बाँके संवाददाता हुन् ।