उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी

वैशाख २५, २०८२ |कान्तिपुर टीभी संवाददाता
उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध उजुरी

काठमाडौं । उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरुद्ध न्याय परिषद्‌मा उजुरी परेको छ । रुकुमको सोती घटनामा नवराज विकसहित ६ जनाको हत्या अभियोगमा संलग्नलाई जातीय छुवाछूत अभियोगमा सफाइ दिएको भन्दै न्यायाधीशहरू सोमकान्त मैनाली र मात्रिकाप्रसाद भण्डारीलाई कारबाहीको मागसहित सोती घटनामा ज्यान गुमाएका नवराज विकका बुवा मोहनलाल विकसहित पीडित परिवारले उजुरी दिएका हुन् ।

२०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोतीमा भएको ६ जनाको हत्या अभियोगमा जिल्ला अदालत रुकुम पश्चिमले २०८० मंसीर १९ गते जातीय विभेदकै कारण विकसहित ६ जनालाई कुटपिट गरी मारेको ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो । २०८२ साल वैशाख १६ गते उच्च अदालत सुर्खेतले २३ जनाको जन्मकैद सदर गर्दै जातीय अभियोग कसुरमा सफाइ दिएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.