तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद हत्या

वैशाख १४, २०८२ |दीपेन्द्र शाक्य
तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद हत्या

संखुवासभा । जिल्लाको खाँदवारी नगरपालिका-९ तुम्लिङटारमा ७२ वर्षीय मीनबहादुर कुमालको शंकास्पद हत्या गरिएको छ।

घरमा सुतिरहेको अवस्थामा आइतबार बिहान साढे १२ बजे दुई जना नचिनेको मान्छेको समुहले घाटी थिची उनको हत्या गरेको श्रीमतीले प्रहरीलाई बताएकी छन।

घरभित्र अपरिचित व्यक्ति छिरेपछी छिमेकीलाई भेला गरेर फर्किदा मीनबहादुरको मृत्यु भइसकेको थियो।

प्रहरी निरिक्षक रामकुमार लामिछानेका अनुसार मृत्यु शंकास्पद भएकोले सबै नाकामा शंकास्पद व्यक्तिको तलासी र सोधपुछ भइरहेको छ।

तालिम प्राप्त कुकुर ल्याएर अनुसन्धान थालिने प्रहरीले जनाएको छ। मृतक सामान्य परिवारका हुन्। घरमा श्रीमती र मीनबहादुर बस्दै आएका थिए।


Image

दीपेन्द्र शाक्य

शाक्य संखुवासभाका कान्तिपुर टेलिभिजन सहकर्मी हुन् ।