डोल्पा गएराति भिरालो गोरेटो बाटोबाट लडेर दुई जनाको मृत्यु

वैशाख १२, २०८२ |सरोज थापा
डोल्पा गएराति भिरालो गोरेटो बाटोबाट लडेर दुई जनाको मृत्यु

डोल्पा । जिल्लामा गएराती भिरालो गोरेटो बाटोबाट लडेर दुई जनाको मृत्यु भएको छ । 

 ठुलीभेरी नगरपालिका-४ भित्र पर्ने तिप्ला तातोपानी जोड्‌ने गोरेटो बाटोमा रोल्पा सुनछहरी गाउँपालिका-३ वर्ष अन्दाजी ३२ र ३३ की पार्वती घर्ती मगर र रूकुम पश्चिम आठबीसकोट नगरपालिका-३ वर्ष १८ का किरण भण्डारी कामको शिलशिलामा राती करिब ९:३० बजेको समयमा तातोपानीदेखि तिप्ला गाउँ जाँदै गर्दा भिरालो गोरेटो बाटोबाट खसेर घर्ती र भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार अध्यारोमा हिन्डा महिला भिरबाट खसेपछि पुरूषले बचाउन खोज्दा दुबैको सङ्गै लडेर मृत्यु भएको घटनाको अनुसन्धानले बुझिएको छ ।

उनिहरू ठुलिभेरी नगरपालिका-३ तिप्ला गाउँमा केही समय आगाडीदेखि मजदुर काम गर्दै आएका थिए । मृत्यु हुनेहरू भिरबाट करिब ५०० मिटर तल खसेर मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय डोल्पाका सुचना अधिकारी तथा प्रहरी निरीक्षक राजेस बस्नेतले जानकारी दिनुभयो ।

प्रहरी निरीक्षक राजेश बस्नेतको कमाण्डमा खटिएकाे १५ जनाको टोली बिहीबार बिहान ७ बजे घटना स्थलमा पुगी मृतकको शवलाई पोस्टमार्टमको लागि प्रहरीले जिल्ला अस्पताल दुनैमा पुर्‍याईएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो । जिल्ला अष्पताल डोल्पामा पुर्‍याईयका शवको पोस्टमार्टम हुन सकेको छैन ।


Image

सरोज थापा

थापा कान्तिपुर टेलिभिजन डोल्पा संवाददाता हुन् ।