जोन्टा क्लब काठमाडौंद्वारा विश्व वातावरण दिवसलक्षित वृक्षारोपण अभियान

जेष्ठ २२, २०८२ |कान्तिपुर टीभी संवाददाता
जोन्टा क्लब काठमाडौंद्वारा विश्व वातावरण दिवसलक्षित वृक्षारोपण अभियान

काठमाडौं । विश्व वातावरण दिवसको अवसर तथा दिगो विकास लक्ष्यको समर्थनस्वरूप जोन्टा क्लब काठमाडौंले जेन गुडल इन्स्टिच्युट नेपालसँगको सहकार्यमा ढुंगेधारा ललितपुरमा १६५ भन्दा बढी रूख रोप्ने अभियान सञ्चालन गरेको छ ।

उक्त अभियान क्लबका लैङ्गिक-समान जलवायु कार्यसमिति संयोजक लुजा माथेमा र लैङ्गिक समानता तथा सामाजिक समावेशिता संयोजक मलिका राणा नेतृत्वमा सम्पन्न भएको हो ।

‘प्रत्येक रूख जलवायु समाधानप्रतिको आशा र दिगो भविष्यको वाचा हो,’ क्लब अध्यक्ष बिना राणाले भन्नुभयो, ‘यो अभियानले जलवायु परिवर्तनको प्रभाव महिलामा बढी पर्ने तथ्यलाई समेत उजागर गर्छ।’

‘साना कामहरूले पनि ठूलो प्रभाव पार्न सक्छ,’ जेन गुडल इन्स्टिच्युट नेपालकी कार्यकारी श्रृष्टि सिंह भण्डारीले भनिन्, ‘सहरी वनस्पति संरक्षणमा सहकार्य गर्न पाउँदा हामी गर्वित छौं।’

रुखहरूको दीर्घकालीन संरक्षणका लागि जेन गुडल इन्स्टिच्युटले स्थानीय वडासँग समेत सहकार्य गरेको छ।

जोन्टा क्लब काठमाडौं, जोन्टा इन्टरनेशनलको हिस्सा हो । जसले सेवा र वकालतमार्फत् महिला तथा बालिकाको अवस्था सुधार गर्न कार्य गर्छ। 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.