गंगा सागरमा प्रत्येक साँझ आयोजन हुँदै आएको गंगा आरतीको ११ वर्ष पूरा

जेष्ठ २३, २०८२ |अनिल मिश्र
गंगा सागरमा प्रत्येक साँझ आयोजन हुँदै आएको गंगा आरतीको ११ वर्ष पूरा

जनकपुर । धार्मिक एवम सांस्कृतिक शहर मधेश प्रदेशको राजधानी जनकपुरधामको पोखरी गंगासागरमा प्रत्येक साँझ आयोजन हुँदै आएको गंगा आरतीको ११ वर्ष पूरा भएको छ ।

सरसफाइ अभियानबाट सुरू भएको प्रसिद्ध मनमोहक गंगा आरती बिहीबार ११ वर्ष पुरा गरी १२औं वर्षमा प्रवेश गरेको छ । सामाजिक अगुवा र स्थानीयको सहभागीतामा सेभ हिस्टोरिकल जनकपुरले भव्य रुपमा वार्षिकोत्सब मनाएको हो । 

गंगा आरती हाल आएर आन्तरिक तथा बाह्य पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ । नेपालमै पहिलो पटक सुरू गरिएको गंगा आरती हेर्न प्रत्येक दिन यहाँ पर्यटकको घुइँचो लाग्ने गरेको छ । 

प्राचीन मिथिलाको राजधानी जनकपुरधामबाट सुरू भएको आरती काठमाडौको पशुपतिनाथ पोखराको फेवातला, खोटाङको हलेसी, सिराहा, महोत्तरीलगायतका स्थानमा समेत साँझ आरती हुन थालेको हो । 

आरतीमा सहभागी हुन आन्तरिक पर्यटकका अलवा छिमेकी भारत तथा तेश्रो मुलुकबाट समेत पर्यटकहरू आउने गरेको सेभ हिस्टोरिकल जनकपुरका अध्यक्ष राजकुमार महासेठले जानकारी दिनुभयो ।  


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।