काठमाडौं । नेकपा एमाले निकट विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनका नेता तथा अमृत साइन्स क्याम्पसका स्ववियु सचिव गोपालबहादुर शाही पक्राउ परेका छन् ।
प्रहरी जवानको परीक्षामा प्रवेशपत्रमा आफ्नो तस्विर टाँसेर परीक्षा दिँदा उनी मध्यबानेश्वरस्थित रत्नराज्य स्कुलबाट पक्राउ परेका हुन् । अहिले उनलाई तिनकुने प्रहरी बिटमा राखिएको छ । शाही स्थायी ठेगाना कालीकोट हो । शाही यसअघि ठमेलमा प्रहरी कुटिएको घटनामा पनि संलग्न रहेको पाइएको थियो ।