रामेछाप । रामेछापमा करेन्ट लागेर एक युवकको ज्यान गएको छ । गयराति क्रसरमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर जिल्लाको लिखुतामाकोशी गाउँपालिका–५ नागदहका २४ वर्षीय मणिराज तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
जिल्लाको खाँडादेवी गाउँपालिका–४ रजगाउँमा बालुवा लोड गर्ने क्रममा करेन्ट लागेर तामाङ घाइते भएका थिए । घाइते तामाङलाई मन्थली अस्पताल लगिए पनि अस्पताल पुग्न साथ अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख डिएसपी प्रदिपकुरमा सिंहले जानकारी दिनुभयो ।
प्रहरीले अहिले उक्त घटनाको अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो । मृतक तामाङको शव अहिले मन्थली अस्पतालमा राखिएको छ ।