नेपाल बार एसोसिएसन : मिश्रको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण

वैशाख ७, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल बार एसोसिएसन : मिश्रको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण

काठमाडौं । नेपाल बार एसोसिएसनमा प्रा. डा. विजयप्रसाद मिश्रको नेतृत्वमा नवनिर्वाचित कार्यसमितिलाई पदभार हस्तान्तरण गरिएको छ।

बार एसोसिएसनले शनिबार आयोजना गरेको वार्षिक साधारण सभा तथा पदभार हस्तान्तरण समारोहमा पूर्वअध्यक्ष गोपालकृष्ण घिमिरेको नेतृत्वको कार्यसमितिले मिश्र नेतृत्वको नयाँ कार्यसमितिलाई जिम्मेवारी सुम्पिएको हो।

बार एसोसिएसनको अध्यक्षसहित २७औँ केन्द्रीय कार्यसमिति चयनका लागि गत चैत २३ गते निर्वाचन सम्पन्न भएको थियो। उक्त निर्वाचनमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेशागत, राष्ट्रवादी तथा समावेशी कानुन व्यवसायी समूहका तर्फबाट वरिष्ठ अधिवक्ता मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहका तर्फबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो।

निर्वाचनबाट बारको केन्द्रीय कार्यसमितिमा २५ जना नयाँ सदस्य चयन भएका थिए ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.