दाङमा भारतीय नम्बर प्लेटको बस दुर्घटना, २१ यात्रु घाइते

वैशाख ५, २०८२ |अमर क्षितिज भण्डारी
दाङमा भारतीय नम्बर प्लेटको बस दुर्घटना, २१ यात्रु घाइते

दाङ । दाङमा केहीबेर अघि बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । 

भारतको लखनऊबाट भ्रमणका लागि पोखरा जाँदै गरेको युपी ३२ एम एन ९५६६ नम्बरको भारतीय नम्बर प्लेटको बस गढवा चिसापानीमा दुर्घटना हुँदा २१ यात्रु घाइते भएको इलाका प्रहरी कार्यालय गढवाका प्रहरी निरिक्षक कालिका कार्कीले जानकारी दिनुभयो ।

भारतीय सीमा नाका कोइलाबास हुँदै नेपाल प्रवेश गरेको यात्रुबाहक बस ब्रेक फेल भएर लमही कोइलाबास सडकखण्डको गढवा गाँउपालिका-५ चिसापानीमा दुर्घटनामा परेको हो ।

प्रहरी निरीक्षक कार्कीका अनुसार घाइतेहरूलाई अहिले उपचारका लागि लमही पठाउने काम भैरहेको छ । बसमा सवार २५ जना मध्ये २१ जना घाइते भएको र सबै भारतीय नागरिक रहेको बताइएको छ ।


Image

अमर क्षितिज भण्डारी

भण्डारी कान्तिपुर टेलिभिजनका दाङ सहकर्मी हुन् ।