उदयपुर । सिद्धिचरण राजमार्गअन्तर्गत कटारी नगरपालिका-२ सिमापुरस्थित निर्माणाधीन पक्की पुल आजकाे वर्षासँगै आएकाे बाढीले भत्काएको छ ।
स्ल्याप ढलान गरेको २० दिनमै अमाहा खहरे खोलाको बाढीले निर्माणाधीन पुल भत्काएको हो ।
मिर्चैया–कटारी–घुर्मी सडक आयोजना कार्यालयमार्फत सूर्या एन्ड सन्स इटहरीले पुल निर्माण गरिरहेको थियो ।
आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी वीरेन्द्रप्रसाद महतोका अनुसार बीचमा पिल्लर नै नभएको ५० मिटरको प्री स्टेस (बक्स अर्डर) पुल निर्माणको अन्तिम चरणमा पुगेको थियाे ।