साेलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ ।
आज बिहान करिब पाैने १२ बजेको समयमा भिरबाट चिप्लिएर लडेका बेल्जियम नागरिक ६४ वर्षीय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेकबहादुर राईले जानकारी दिनुभयो । माप्य दुधकाेशी गाउँपालिकाका उपाध्यक्ष गाैरब राईका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए ।
मौसम प्रतिकुलका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको राईको भनाइ छ । जिल्ला प्रहरी कार्यालयबाट शवकाे उठाउन प्रक्रिया अगाडि बढाइएको डीएसपी द्वारिकाप्रसाद घिमिरेले जानकारी दिनुभयो ।