सिन्धुलीमा गाडिको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

चैत्र १७, २०८१ |राजकुमार कार्की
सिन्धुलीमा गाडिको ठक्करबाट सरसफाइ कर्मचारीको मृत्यु

सिन्धुली । गाडीको ठक्करबाट आइतबार बिहान कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ ।

सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १-००१ च ८८२१ नं को योद्धा गाडिको ठक्करबाट कमलामाइ नगरपालिका-१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरवहादुर खपाङ्गीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

साइकलमा सवार खपाङ्गीलाई बीपी राजमार्गअन्तर्गत कमलामाइ नगरपालिका ६ को रातमाटा घुम्ती नजिक गाडिले ठक्कर दिएको थियो । 

ठक्कर दिने गाडि र चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।  


Image

राजकुमार कार्की

कार्की कान्तिपुर टेलिभिजनका सिन्धुली संवाददाता हुन् ।