भक्तपुर । जिल्लाको मध्यपुर थिमी नगरपालिका-९ स्थित निवाराही क्षेत्रमा व्यक्तिको हत्या भएको छ ।
भक्तपुरको मध्यपुर थिमी-९ स्थित निलवाराही मन्दिरको पिकनिक स्थलमा हत्या गरिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।
खोटाङ केपिलासगढी गाँउपालिका-२ घर भई हाल बोडे वस्ने ६६ बर्षीय ओम प्रकाश राईको शव दाइने कान र टाउकोमा चोट लागको अवस्थामा आज विहान करिब ६ वजे शव फेला परेको महानगर प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरिक्षक ढुन्डीराज न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार घटना स्थामा ढुङ्गाले टाउको प्रहार गरेर हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ । के कारणले हत्या भएको हो थप अनुसन्धानले देखाउने उहाँले बताउनुभयो । राईले कवाडीको सामान टिप्ने काम गर्ने गरेको प्रहरीको भनाई छ ।
घटनाको थप अनुसन्धा भइरहेको र शव पोष्मार्टमका लागि भक्तपुर दुवाकोटस्थित केएमसी अस्पताल लगिएको प्रहरीले जनाएको छ ।