जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक कार्यक्रम गरी विश्व मौसम विज्ञान दिवस मनाइँदै

चैत्र १०, २०८१ |कान्तिपुर टीभी संवाददाता
जलवायु परिवर्तनसम्बन्धी चेतनामूलक कार्यक्रम गरी विश्व मौसम विज्ञान दिवस मनाइँदै

काठमाडौं । आज विश्व मौसम विज्ञान दिवस । जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ आज विश्वभर यो दिवस मनाइँदै छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान संगठन स्थापना गर्ने महासन्धि लागु भएको सम्झनामा यो दिवस मनाउन सुरु गरिएको हो । 

प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता मानव सभ्यता र विश्वलाई जलवायु परिवर्तनले पारेको प्रभाव र संकटपूर्ण परिस्थितिबारे केन्द्रित हुन थालिएको छ ।

संयुक्त राष्ट्रसंघले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.