सिन्धुपाल्चोक । जिल्लाको तातोपानी भन्सार नाकाबाट अबैध रूपमा सामान ल्याइरहेको ट्रक इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको छ ।
गएराती ना ६ ख ५४९६ नम्बरको ट्रक शंकास्पद देखिएपछि प्रहरीले चेकजाँच गरी नियन्त्रणमा लिएको हो ।
चेकजाँच गर्ने क्रममा भन्सार छली गरी ल्याएको भाटभोटेनी सुपरमार्केटको सामान र विद्युतिय सिगरेट (भेप) लाई इलाका प्रहरी कार्यालय बाह्रबिसेले नियन्त्रणमा लिएको हो ।
प्रहरीले उक्त ट्रकलाई गोप्य सूचनाको आधारमा नियन्त्रणमा लिएको छ ।
ट्रकमा ५५ वटा विद्युतीय सिगरेट (भेप) का ठुला डब्बा, ३० वटा सानो डब्बागरी २२ लाख २० हजार रकम बराबरको ७ सय ४० थान भेप र ट्रकसहित चालक प्रविण खत्रीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा राखिएको सामान राजस्व कार्यालय हरिहर भवन पठाउने तयारी भएको प्रहरीले जनाएको छ ।