साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

चैत्र १, २०८१ |कान्तिपुर टीभी संवाददाता
साहित्यकार लीलबहादुर क्षेत्रीको निधन

काठमाडौं । नेपाली भाषाका उपन्यासकार तथा पद्मश्री सम्मानबाट विभूषित साहित्यकार लीलबहादुर क्षेत्रीको गए राति साढे १० बजे भारतको गुवाहाटीस्थित घरमा निधन भएको छ ।

क्षेत्रीको निधनसँगै भारतीय नेपाली साहित्यको एक युगको अन्त्य भएको भारतीय नेपाली साहित्यकारहरुले बताएका छन् ।भारतको असममा १९८९ सालमा जन्मिएका क्षेत्रीको 'बसाइँ' चर्चित उपन्यास हो ।

'ब्रह्मपुत्रको छेउछाउ' बाट उहाँले सन् १९८६ मा भारतको साहित्य अकादमी पुरस्कार पाउनु भएको थियो । उहाँका 'अतृप्त', 'प्रतिध्वनिहरु विस्मृतिको', 'असममा नेपाली भाषाको साह्रोगाह्रो', 'तीन दशक बीस अभिव्यक्ति' लगायतका आख्यान र गैरआख्यान प्रकाशित छन् ।

उपन्यास, कथा, निबन्ध, समीक्षासहित डेढ दर्जन कृतिका सर्जक क्षेत्रीले नेपालबाट भाषा-साहित्यको अथक योगदानका निम्ति २०७२ सालमा जगदम्बा पुरस्कार पाउनुभएको थियो । उहाँका श्रीमती, दुई छोरा र छोरी छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement