लागुऔषध मुद्दामा नवलपरासी पाल्हिनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद सजाय

फाल्गुन २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
लागुऔषध मुद्दामा नवलपरासी पाल्हिनन्दन गाउँपालिका अध्यक्षलाई एक वर्ष कैद सजाय

नवलपरासी । पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ता (दीपक) लाई जिल्ला अदालत परासीले एक वर्ष कैद र दुई लाख जरिवाना गरेको छ ।

लागुऔषध मुद्दामा कसूर फागुन २१ गते दोषी ठहर गरेको अदालतले आज कैद र जरिवानाको फैसला गरेको हो ।

जिल्ला अदालत परासीका न्यायाधीश केशवप्रसाद अधिकारीको इजलासले अध्यक्ष गुप्ता सहित दुई जनालाई सजायको फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी भेषराज खनालले जानकारी दिनुभयो ।

कैद सँगै गुप्तालाई क्षतिपूर्ति शुल्क पीडित राहत कोषमा आठ हजार जरिवाना दाखिला गर्नुपर्ने फैसलामा उल्लेख छ । गुप्तासँगै लागुऔषधमा मुद्दामा कसुरदार ठहर भएका रघुनाथ प्रसाद धोबीलाई दुई वर्ष कैद र चार लाख जरिवाना भएको छ ।

अध्यक्ष गुप्तासहित पाँच जनाविरुद्ध मुद्दा दायर भएको भएपनि जितेन्द्र पासवान र रामा साहलाई अदालतले सफाई दिएको छ । अर्का एक जना भने अझै फरार छन् । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement