बर्दिया । ठाकुरबाबा नगरपालिका–२ बलातीमा गएराती हात्तीको आक्रमणमा एक जनाको मृत्यु भएको छ । बर्दिया राष्ट्रिय निकुञ्जबाट निस्केको हात्तीले घर नजिक रहेको वारीमा राती करिब पौने १२ बजे आक्रमण गरेको प्रहरीले जनाएको हो ।
हात्तीको आक्रमणमा सोही ठाउँका ७१ वर्षिय वलिराम थारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एंव डिएसपी ऋषीराम घर्तीमगरले बताउनुभएको छ ।
हात्तीले खेतवारीमा लगाएको गहु‘वाली नोक्सानी गरिरहेको बेला थारुले धपाउन खोज्दा हात्तीले कुल्चेर मारेको डिएसपी घर्ती मगरले जनाउनुभएको छ ।
बर्दिया निकुञ्ज नजिक थारुको घर छ । हात्तीको आक्रमणपछि स्थानीय आक्रोसित भएको ठाकुरबाबा नपा–२ का वडा अध्यक्ष कमल चपाइले बताउनुभएको छ । स्थानीयले वन्यजन्तुको आक्रमणकाविरुद्ध पूर्व पश्चिम राजमार्ग बन्द गराएको उहाँले जनाउनुभएको छ ।