कास्की । पोखराको फेवा तालको सीमाना छुट्ट्याउन पिलर गाड्ने काम सुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पहिलो पिलर गाडेर अभियानको सुरु गर्नुभयो ।
फेवा तालको सीमाङ्कनका लागि अत्याधुनिक डीजीपीएस प्रविधि र ड्रोन सर्भेको प्रयोग गरिएको छ । प्राविधिक उपसमितिले गरेको विस्तृत सर्वेक्षणले तालको यथार्थ क्षेत्रफल र सीमाना यकिन गरेको छ । सिँचाइ डिभिजन कार्यालय कास्कीको विगत १० वर्षको रेकर्ड र विभिन्न समयका नक्साहरूको अध्ययनपछि तालको क्षेत्रफल ६.३४३ वर्ग किलोमिटर अर्थात् १२ हजार ४६८ रोपनी ३ पैसा ३ दाम पुगेको छ । जुन पहिलेको तथ्याङ्कभन्दा बढी हो ।
सीमाङ्कन कार्यलाई व्यवस्थित गर्न २९ वटा मुख्य आधार बिन्दुहरू निर्धारण गरिएको छ ।