रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा शनिबार बिहानैदेखि भएको वर्षाले एक सातादेखिको असह्य उखुम गर्मीबाट हैरान बनेका स्थानीयवासीलाई ठूलो राहत दिएको छ।
आज बिहानैदेखि परेको शीतल वर्षाले वातावरण चिसो बनाएको छ। मन्थलीका होटेल व्यवसायी मनोज श्रेष्ठ भन्नुहुन्छ, “केही दिनदेखि मन्थलीमा अत्यधिक गर्मीले बढेको छ, आजको समान्य वर्षाले पनि केही शीतलता ल्याएको छ।”
गर्मीले स्वास्थ्यमा असर पारेको अवस्थामा अहिलेको वर्षाले केही सहजता ल्याएको स्वास्थकर्मीहरू बताउँछन्। चर्को घामले गर्दा घरबाहिर निस्कन गाह्रो भएको मन्थलीमा आजको वर्षासँगै वातावरण शीतल बनेको छ।