सप्तरी । जंगली हात्तीको आक्रमणले सप्तरीमा एक बृद्धको शनिबार बिहान मृत्यु भएको छ ।
कञ्चनरूप नगरपालिका-१२ का ६६ वर्षीय केदार बहादुर विष्टको जंगली हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।
घरदेखी ३ सय मिटरको दुरीमा पश्चिमतर्फको मकै बाली रेख-देख गर्न खेतमा बसेका बेला गएराति १ बजेको समयमा जंगली हात्तीले विष्टमाथि आक्रमण गरेको र घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घटनास्थलमा प्रहरी टोली पुगेर मुचुल्का गरी शवलाई पोष्टमार्टमकालागि सदरमुकाम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल ल्याइएको छ ।