बल्खु तरकारी बजारमा खाद्य विभागले गर्‍यो विषादी परीक्षण

माघ १६, २०८१ |कान्तिपुर टीभी संवाददाता
बल्खु तरकारी बजारमा खाद्य विभागले गर्‍यो विषादी परीक्षण

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘वेल इक्युप्ड मोबाइल फुड ल्याब भ्यान’मार्फत बल्खु तरकारी बजारमा विषादी परीक्षण गरेको छ ।

विभागले ९ प्रकारका तरकारीको नमूना लिएर विषादी परीक्षण गरेको हो । परीक्षणका क्रममा अधिकांश तरकारी खानयोग्य भेटिएको विभागले जनाएको छ । 

विभागका खाद्य अनुसन्धान अधिकृत ईश्वर सुवेदीले बल्खु तरकारी बजारका ९ प्रकारका तरकारी नमूनाको परीक्षणमा २० प्रतिशतसम्म विषादी भेटिएको बताउनुभयो । उहाँले न्यूनतम २ प्रतिशतदेखि अधिकतम् २७ प्रतिशतसम्म ‘इन्जाइम इन्हिभिसन’ पाइएको जानकारी दिनुभयो । इन्जाइम इन्हिभिसन ३५ प्रतिशतभन्दा कम भएमा खान योग्य मानिन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement