रौतहट । चिसो बढेपछि रौतहटका विद्यालयहरू शुक्रबारसम्म बन्द गरिने भएको छ ।
रौतहटका सामुदायिक तथा निजी विद्यालयमा बुधवारदेखि शुक्रबारसम्मका लागि पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो ।
रौतहटको गौर, इशनाथ फतुवा विजयपुर, बौधिमाई नगरपालिका र यमुनमाई गाउपालिकाले एक सुचना जारी गर्दै चिसोको कारण तीन दिन सम्म विद्यालय बन्द गर्ने निर्णय गरेका हुन् ।
चिसो बढेसँगै मौसममा भएको परिवर्तनका कारण विद्यालयमा पठन पाठनमा समस्या भएको भन्दै वर्षे बिदा बाट कट्टा हुने गरी बिदा दिईएको छ ।
लगातार हुस्सु, कुहिरो लागेर चिसो बढेकोले विद्यार्थीहरुलाई पठन पाठनमा समस्या भएकोले उक्त पालिका भित्र रहेको सम्पूर्ण सामुदायिक तथा निजी विद्यालयमा ३ दिनको लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो।