काठमाडौं । काठमाडौं उपत्यकामा आज हल्का वर्षा भएको छ ।
हिउँदे वर्षाका रुपमा सिमसिमे पानी परेपछि चिसो पनि बढेको छ । पश्चिमी वायुको प्रभावले केही स्थानमा हल्का पानी परेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आजदेखि तीन दिनभित्र काठमाडौं उपत्यकासहित बागमती प्रदेशका केही जिल्लामा पनि पानी पर्ने पूर्वानुमान महाशाखाको छ । यस्तै कोशी, लुम्बिनी र सुदूरपश्चिमका कतिपय जिल्लामा पनि हल्का वर्षा हुने पूर्वानुमान छ ।