महोत्तरीमा लुटेराको समूहले गर्‍यो एक वृद्धको हत्या

पुस ६, २०८१ |कान्तिपुर टीभी संवाददाता
महोत्तरीमा लुटेराको समूहले गर्‍यो एक वृद्धको हत्या

महोत्तरी । महोत्तरीको मनरासिस्वा नगरपालिका ४ साढामा नकाबधारी लुटेराको समूहले एक वृद्धको हत्या गर्नुका साथै लाखौंको लुटपाट गरेको छ ।

आज बिहान ४ बजे फलामे रड र धारिलो हतियार लिएर घर प्रवेश गरेको लुटेराको समूहले मनरासिस्वा नगरपालिका ४ साढा टोलका ७० वर्षीय सुशील झाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुन्तलालप्रसाद जैसवालले जानकारी दिनुभयो । घटनास्थलमा पुग्नु भएका प्रहरी नायव महानिरीक्षक लालमणि आर्चायले घटनाबारे अनुन्धान भइरहेको बताउनुभयो ।

पूर्व गाविस सचिवसमेत रहेका झामाथि लुटेरा समूहले फलामे डण्डीले अन्धाधुन्ध प्रहार गरेपछि घटनास्थलमै उहाँको मृत्यु भएको हो ।

मृतक झाको शरीरभर चोटपटक र निलडाम देखिएको छ । त्यसैगरी पेट काटिएको र घाँटीसमेत थिचिएको प्रहरीले जनाएको छ । लुटेरा समूहले झाको घरमा लाखौंको लुटपाट र हत्या गरी फरार रहँदासमेत प्रहरीको सक्रियता नदेखिएको आरोप स्थानीयको छ ।

लुटेराहरुले घरमा रहेको मङ्गलसूत्र, औंठी र नगद ८० हजार लुटेर लगेका छन् । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement