लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कुल’ अभियान

मंसिर २१, २०८१ |कान्तिपुर टीभी संवाददाता
 लैङ्गिक हिंसा अन्त्यका लागि ‘ओरेन्ज द स्कुल’ अभियान

काठमाडौं । एनसेल फाउन्डेसन, साथी संस्था र जोन्टा क्लब अफ काठमाडौंले लैङ्गिक हिंसा अन्त्य गर्ने आफ्नो साझा प्रतिबद्धतालाई अगाडि बढाउन ‘ओरेन्ज द स्कुल’ अभियान सञ्चालन गरिरहेका छन् । यो अभियान लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान र ग्लोबल जोन्टा ‘सेज नो’ अभियान अन्तर्गत आयोजा गरिएको कार्यक्रम हो । 

यस अभियानअन्तर्गत हालसम्म १० विद्यालयमा करिब १५ सय विद्यार्थीहरूलाई प्रत्यक्ष रूपमा सहभागी गराइसकिएको छ । यस कार्यक्रमको मुख्य उद्देश्य विद्यार्थी र शिक्षकहरूलाई लैङ्गिक हिंसा, बालविवाह, साइबर बुलिङ, साइबर सुरक्षा तथा डेटा प्राइभेसी जस्ता जान्नै पर्ने विषयहरुमा जानकारी दिने जनाइएको छ ।

यस अभियानमा बालविवाह, साइबर सुरक्षा र घरेलु हिंसाबारे छलफल, भिडियो प्रदर्शन र अन्तरक्रियात्मक सत्रहरू विद्यालयहरूमा सञ्चालन भइरहेका छन् । २६ नोभेम्बरदेखि १० डिसेम्बरसम्म सञ्चालन हुने यस अभियान अन्तर्गत काठमाडौं उपत्यकाका सरकारी तथा निजी विद्यालयहरूमा जनसचेतनामूलक कार्यक्रमहरू सञ्चालन भइरहेका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement