देशलाई नसामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनको पदयात्रा

मंसिर ८, २०८१ |कान्तिपुर टीभी संवाददाता
देशलाई नसामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनको पदयात्रा

काठमाडौं । देशलाई नसामुक्त घोषणा गर्न माग गर्दै भगवती मानव कल्याण संगठनले काठमाडौं उपत्यका स्तरीय नसामुक्ति जनजागरण पदयात्रा सम्पन्न गरेको छ ।

नसामुक्त नेपाल–समृद्ध नेपालको मूल नारासहित संगठनले पदयात्रा सम्पन्न गरेको हो ।

पदयात्राको माध्यमबाट तीन तहका जनप्रतिनिधि एवम् सरोकारवाला निकायलाई ज्ञापन मार्फत देशलाई नसामुक्त घोषित गर्न खबदारी गरिएको संगठनले जनाएको छ । 

कार्यक्रम अन्तर्गत संगठनले नसामुक्त नेपालका लागि १० हजार हस्ताक्षर संकलन गरिसकेको जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.