रुकुम पश्चिम । सुर्खेतको विरेन्द्रनगरबाट ३ वर्षकी छोरीसहित आमा पारिवारबाट सम्पर्कविहिन भएकी छिन् ।
रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–४ खुम्चेरी घर भई विरेन्द्रनगरमा बस्दै आएकी २३ वर्षीय सुस्मा केसी आफ्नी ३ वर्षकी छोरी सिम्रन खड्का सहित हराएको उनका श्रीमान् राजु खड्काले जानकारी दिनुभयो ।
पढ्न भनेर तीन महिनाअघि सुर्खेत पुग्नुभएकी सुस्मा गत मंगलबारबाट सम्पर्क बिहिन भएको श्रीमान् खड्काले बताउनु भयो । ‘म मजदुरीका लागी दुई वर्षदेखी मलेसियामा छु । उनी विगत चार महिनादेखी सुर्खेत बस्थिन् । अहिले सम्पर्कमा छैनिन् ।’ उहाँले भन्नुभयो, ‘घर-परिवार र आफन्त सबैतिर खोजिसक्यौं । कतै केही पत्तो लाग्न सकेन ।’
छोरी सहित श्रीमती हराएको भनेर प्रहरीमा पनि जानकारी दिएको श्रीमान् खड्काले बताउनु भयो ।