सुनसरीको देवानगञ्ज गाउँपालिकामा गुणस्तरहीन सडक बनाएको भन्दै स्थानीयको विरोध

मंसिर १, २०८१ |अर्जुन सुवेदी
सुनसरीको देवानगञ्ज गाउँपालिकामा गुणस्तरहीन सडक बनाएको भन्दै स्थानीयको विरोध

सुनसरी । देवानगञ्ज गाउँपालिका-६ चमनिया पोखरीदेखि वडा नम्बर-७ गौतमपुर नहरसम्म जाने साढे १० किलोमिटर सडकको निर्माण गुणस्तरहीन भएको भन्दै स्थानीयले विरोध गरेका छन् ।

८ इन्च ग्राभेल र ६ इन्च बेस गर्नुपर्नेमा सोअनुसार नगरेको स्थानीयको आरोप छ । भौतिक पूर्वाधार कार्यालयका प्रमुख सुशील श्रेष्ठको नेतृत्वमा गएको टोलीले मापदण्ड पूरा नभएको ठाउँमा गुणस्तर जाँच नगरी ठेक्का सम्झौता अनुसार काम हुनुपर्ने माग गर्ने स्थानीयलाई धम्की दिएको उनीहरूको आरोप छ । 

पूर्वाधार कार्यालयका कर्मचारीले ठेकेदारसँगको मिलेमतोमा गुणस्तरहीन निर्माण गरेको स्थानीयले दाबी गरेका छन् ।


Image

अर्जुन सुवेदी

सुवेदी कान्तिपुर टेलिभिजनका सुनसरी संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement