धनकुटा । धनकुटा नगरपालिकाले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा सम्पन्न कार्यक्रम, बजेट, खर्चको विवरण र उपलब्धि सार्वजनिक गरेको छ ।
हिलेमा सार्वजनिक सुनुवाइ गरेर चालु आर्थिक वर्षको पहिलो चौमासिकमा नगरपालिकाले प्रदान गरेका सेवा, आम्दानी, खर्च, सञ्चालित आयोजनाको प्रगति तथा प्रभावकारिताबारे सरोकारवालालाई जानकारी गराएको हो ।
कार्यक्रमका सहभागीले बाँदर र सामुदायिक कुकुर नियन्त्रण-व्यवस्थापन, पानी मुहानको संरक्षण र पुनःभरण, फोहरमैला व्यवस्थापनमा देखिएका जटिलता सम्बोधन गर्न नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।