कस्तो रहनेछ आजको मौसम

कार्तिक २९, २०८१ |कान्तिपुर टीभी संवाददाता
कस्तो रहनेछ आजको मौसम

काठमाडौं । देशभर अहिले पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव छ ।

गण्डकी प्रदेश र कोशी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । साथै, तराईका थोरै भू-भागमा हल्का हुस्सु लागेको छ ।

आज दिउँसो, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली हुनुका साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना छ ।

आज राति, कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रहनुका साथै बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement