चितवनमा बस र ईलेक्ट्रीक हायस ठोक्किदा ४ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

कार्तिक २३, २०८१ |कान्तिपुर टीभी संवाददाता
चितवनमा बस र ईलेक्ट्रीक हायस ठोक्किदा ४ जनाको मृत्यु, २ जनाको अवस्था गम्भीर

चितवन । नारायणगढ-मुग्लिन सडकखण्ड अन्तरगत सत्रकिलोमा बस र ईलेक्ट्रीक हायस ठोक्किदा ४ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा ६ जना घाइते भएका छन् भने दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइते मध्य दुई जना डिस्चार्ज भइसकेका छन् ।

मुग्लिङबाट नारायणगढतर्फ आउँदै गरेको बा.प्र. ०६-००१ज ०२९८ नं.को ई.भि. हाइस र नारायणगढबाट मुग्लिङ तर्फ जाँदै गरेको बा.प्र. ०३-००१ ख २८१२ नं. को बस आज बिहान ३ बजेको समयमा एक आपसमा ठक्कर खाएका थिए ।

दुर्घटनामा इलेक्ट्रीक हायसमा सवार गोर्खा आरुघाट गा.पा. १ मान्बु बस्ने बर्ष ४०/४२ को राज बहादुर गुरुङको मृत्यु भएको छ अरु दुई जना पुरुष र एक महिलाको सनाखत हुन बाँकी रहेको चितवन प्रहरीले जनाको छ ।

बस चालक मकवानपुर हेटौडा-९ बस्ने बर्ष ४४ को सुर्य बिक्रम बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.


Enter Kantipur TV HD
Advertisement