त्रिशुली बजार जोड्न त्रिशुली नदीमा बन्यो नयाँ पुल

कार्तिक २२, २०८१ |राजकृष्ण श्रेष्ठ
त्रिशुली बजार जोड्न त्रिशुली नदीमा बन्यो नयाँ पुल

नुवाकोट । बिदुर नगरपालिका-१ स्थित त्रिशुली नदीमा नयाँ पुल बनेसँगै यातायात सञ्चालनमा आएको छ ।

जिल्लाकै पहिलो त्रिशुली जलविद्युत केन्द्र निर्माणको क्रममा करिब ६ दशकअघि निर्माण गरिएको पुरानो पुल जीर्ण र जोखिमयुक्त बनेपछि बिदुर-१ स्थित त्रिशुलीमा नयाँ पुल निर्माण गरिएको हो । 

नयाँ पुलबाट यातायात सञ्चालनसँगै पुरानो पुलमा हुनसक्ने सम्भावित जोखिम हट्नुका साथै जिल्लाकै प्रमुख व्यापारिक केन्द्र त्रिशुली बजार क्षेत्रमा सवारी जामको समस्या हटेको छ ।

२०२० सालमा बनेको ८ मेट्रिक टन क्षमताको सिंगल लेनको पुरानो पुल जीर्ण भएका कारण दुर्घटनाको जोखिम बढेपछि पुरानो पुलको करिब १ सय ५० मिटरको दूरीमा नयाँ पुल निर्माण गरिएको हो । ६० मिटर लामो, ११ मिटर चौँडा डबल लेनको नयाँ पुल ८ करोड रुपैयाँको लागतमा बनेको हो ।


Image

राजकृष्ण श्रेष्ठ

श्रेष्ठ कान्तिपुर टेलिभिजनका नुवाकोट संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement