अज्ञात रोगले सिमकोटमा पशु-चौपाया मरे, पशुचिकित्सककाे टाेली गाउँमा

कार्तिक २१, २०८१ |जनकबहादुर शाही
अज्ञात रोगले सिमकोटमा पशु-चौपाया मरे, पशुचिकित्सककाे टाेली गाउँमा

हुम्ला । हुम्लाको डाँडाफयामा अज्ञात रोगले पशु-चौपाया मर्न थालेपछि औषधिसहित पशुचिकित्सककाे टाेली डाँडाफयामा पुगेकाे छ । सिमकोट गाउँपालिका-७ डाँडाफया गाउँका पशु-चौपाया अज्ञात रोग देखिएको छोटो अवधिमै मर्न थालेपछि पशुचिकित्सकको टोली गाउँमा पुगेको हो ।

एक हप्तायता डाँडाफया, थाया, जबुका लगायतका गाउँका पशुमा अज्ञात रोग देखिन थालेको सिमकोट-७ डाँडाफयाका वडाध्यक्ष बलवीर शाहीले जनाउनु भयो । घाँस खान छोड्ने, मुखबाट र्‍याल निकाल्ने र पिसाबबाट रगत बग्ने जस्ता लक्षण देखिएको ३ दिनभित्रै पशु-चौपाया मर्ने गरेको वडाध्यक्ष शाहीले बताउनु भयो । एक हप्तामा यस्ता लक्षण देखिएका चार वटा पशु मरेको र गाउँका अन्य पशु-चौपायामा पनि लक्षण देखिएपछि पशुचिकित्सकको टोलीलाई बोलाएको उहाँको भनाइ छ ।

पशु सेवा कार्यालय हुम्लाका प्रमुख कृष्ण रोकायाले पशु-चौपायालाई सामान्य औषधि गरी परीक्षणका लागि 'स्वाब' लिएर सीमकाेट भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय पठाएको जनाउनु भयो ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।


Enter Kantipur TV HD
Advertisement