आजको मौसम

कार्तिक १५, २०८१ |कान्तिपुर टीभी संवाददाता
आजको मौसम

काठमाडौं । आज देशभरको मौसममा पश्चिमी वायुका साथै पहाडी भू-भागमा स्थानीय वायुको आंशिक प्रभावले केही स्थानमा छिटफुट र मध्यम वर्षा हुने तथा अधिकांश भुभागमा भने मौसम सफा रहनेछ । अहिले कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ ।

आज दिउँसो, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारण बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा नै रहनेछ । कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै तथा बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हलुकादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानमा हलुका हिमपातको सम्भावना समेत छ ।

यसैगरी, आज राति, कोशी प्रदेश, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली हुने र बाँकी भू-भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा सामान्य पानी पर्ने सम्भावना छ । कोशी, बाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍-भागका थोरै स्थानमा भने हलुका हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.