अर्घाखाँची । सन्धिखर्क नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा १ सय २० क्विन्टल उन्नत जातको गँहुको बीउ वितरण गरेको छ ।
कृषि शाखाका अनुसार कृषि समूह सहकारी र व्यक्तिगत फर्मको निवेदनका आधारमा २ सय ८५ जना किसानलाई ९० क्विन्टल 'गौतम' र ३० क्विन्टल 'स्वर्गद्वरी' नामको गँहुको बीउ वितरण गरिएको हो ।
व्यावसायिक रूपमा कृषि गर्दै आएका किसानलाई अनुदानमा गहुँको बीउ वितरणले हौसला बढाएको छ ।