पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु

कार्तिक १३, २०८१ |कान्तिपुर टीभी संवाददाता
पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु

पाल्पा । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको बर्तुङ्ग-राम्दी खण्डमा दुईवटा ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक घाइते भएका छन् ।

बुटवलबाट पोखरा जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक ब्रेक फेल भई सोही दिशा जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकमा ठोक्किँदा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा लु १ ख ९३५१ नम्बरको ट्रकका चालक रम्भा गाउँपालिका-३, पिपलडाँडाका २३ वर्षीय भुवनसिंह रानाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते रानालाई उद्धार गरी लुम्बिनी मेडिकल कलेज प्रभासमा पठाइएकोमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पामा प्रहरी नायव उपरीक्षक सुनील मल्लले जानकारी दिनुभयो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.