बारामा एक पुरुषको हत्या

कार्तिक ११, २०८१ |कान्तिपुर टीभी संवाददाता
बारामा एक पुरुषको हत्या

काठमाडौं । बारामा एक पुरुषको घाँटी रेटेर हत्या गरिएको छ ।

बाराको महागढीमाई नगरपालिका-१ नयकाटोलका ५५ वर्षिय श्रीनारायण यादवको शनिबार राति ८ बजेतिर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको हो ।

रातिको समयमा घर अगाडिको पसलबाट घरको समान किनेर फर्किने क्रममा धारिलो हतियारले प्रहार गरिएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल कलैया लैजाने क्रममा बाटोमै मृत्यु भएको बाराका प्रहरी प्रवक्ता प्रकाश सपाकोटाले जानकारी दिनुभयो ।

यादवलाई कसले के कारणले हत्या गरेको अहिलेसम्म खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको खबर पाए लगत्तै जिल्ला प्रहरी कार्यालयबाट प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाका बारेमा अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सापकोटाले बताउनु भएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.